बिदुर बस्नेत, अध्यक्ष

राष्ट्रिय अर्थ व्यवस्थाका तीन खम्बा मध्ये एक खम्बाको रुपमा संवैधानिक व्यवस्था गरिएको सहकारी अंगलाई व्यवस्थित र मर्यादित बनाउन नेपाल सरकारले छुट्टै सहकारी मन्त्रालयको व्यवस्था गरी गुणात्मक विकासको लागि निरन्तर लागिरहेको छ । समुदायमा छरिएर रहेको सानो-सानो पूंजीलाई एकत्रित गरी सदस्यहरुको आर्थिक, सामाजिक र शैक्षिक उत्थानको लागि सरल तरिकाबाट कर्जा प्रवाह गरी उध्योग धन्दा, ब्यापार, व्यावसाय तथा कृषि क्षेत्रमा लगानी गरी देशलाई आत्मनिर्भरता तर्फ अगाडी बढ्न सहकारीको महत्वपूर्ण योगदान रहेको छ ।

२०६७ साल असोज ६ गतेबाट आफ्नो कारोबार शुरु गरेको यस शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले १२ वर्षको यात्रा सम्म आइपुग्दा शेयरपूंजी, निक्षेप संकलन, कर्जा लगानी र कार्यक्षेत्र जस्ता कुराहरुमा उल्लेख्य वृद्धी गरी वित्तीय बजारमा फरक पहिचानका साथ अगाडी बढिरहेको तथा निकट भविष्यमा यस संस्थालाई बहुउद्देश्यीय बनाई अझ फराकिलो तरिकावाट अगाडी बढ्ने प्रण गर्दछौं । नीति नियमको अधीनमा रही स्वतन्त्र भएर कर्तव्यको पालना गर्नु सफल व्यवस्थापनको प्रतिविम्व हो । सदस्यहरुबाट प्राप्त निक्षेपलाई सुरक्षित गर्नको लागि अनुभवी तथा दक्ष व्यक्तिहरुको दुरदर्शी नीति साथै अनुशासित र लगनशिल भएर संस्थाको दैनिक कारोबार संचालन भइरहेकोले एक नमुना योग्य र विश्वसनीय संस्थाको रुपमा यस संस्थालाई स्थापित गराउने प्रतिबद्धता व्यक्त गर्दछु।

बिदुर बस्नेत, अध्यक्ष