हाम्रो बारेमा

परिचय

नेपाल सरकारले सहकारीलाई राष्ट्रिय अर्थ व्यवस्थाको ३ खम्बा मध्ये एक खम्बाको रुपमा परिभाषित गरी समुदायमा छरिएर रहेको सानो सानो पुँजीलाई एकत्रित गर्न सहकारी क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउँदै यसको आवश्यकतामा जोड दिंदै अगाडी बढी रहेको छ । २०६७ साल आषाढ १६ गते डिभिजन सहकारी कार्यालय काठमाडौंबाट बित्तिय कारोबार गर्न स्वीकृती प्राप्त यस संस्थाको स्थापनाकालमा काठमाडौं महानगरपालिकाका ४ वटा वडाहरु मात्र कार्यक्षेत्र रहेकोमा हाल आएर काठमाडौं जिल्लाभर कार्यक्षेत्र गरि सकेको छ । सहकारी क्षेत्रमा लामो अनुभव प्राप्त गरेका ब्यक्तीहरुबाट सन्चालित यस शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. को मुख्य कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका चावहिल ७ चुच्चेपाटीमा रहेको छ भने सदस्य सेवा केन्द्र न्युरोड काठमाडौंमा रहेको छ । काठमाण्डौ जिल्लामा मात्र सिमित नरहेर कार्यक्षेत्र बिस्तार गर्ने उद्धेश्यले १२औ बार्षिक साधारणसभाले सर्बसम्मत रुपमा पुरै बागमती प्रदेशभर आफ्नो कार्यक्षेत्र बिस्तार गर्ने निर्णय अनुरुप संस्थाले सम्बन्धीत निकायमा स्वीकृतीको लागी निवदन पेश गरिसकेको हुँदा स्वीकृती प्राप्त हुनासाथ सदस्यता बिस्तार गरिने ब्यहोरा समेत अबगत गराउन चाहन्छौ ।

शेयर पूँजी

यस संस्थाको शेयर पूँजी रु. ४०,००,००,०००/- (रु. चालिस करोड) कायम गरिएको छ । उक्त शेयर पूँजीलाई सदस्यहरु माझ बिक्री गरी चुक्ता पूँजीमा परिणत गरिने छ ।

व्यवस्थापन

कुनै पनि संघ संस्थाको प्रगती तथा सफलता व्यवस्थापनको सही र सफल रणनीतिले निर्धारण गर्दछ । नीति नियमको अधिनमा रही स्वतन्त्र भएर इमान्दारीपूर्वक कर्तव्य पालना गर्नु सफल व्यवस्थापनको प्रतिविम्ब हो, व्यवस्थापन पक्ष यो यथार्थलाई सदा शिरोपर गर्न दृढ संकल्पित छ । संस्थाले ग्राहक वर्गलाई छिटो छरितो तथा सरल ढंगले वित्तीय सेवाहरु प्रवाह गर्नका लागि दैनिक रुपमा हुने कारोबारलाई बिश्वशनीय पारदर्शी र व्यवस्थित बनाउन आधुनिक बैकिङ् प्रणाली मार्फत सेवा प्रदान गर्दै आएका छौं भने सदस्यलाई आफ्नो कारोबारको जानकारी लिन र दैनिक उपभोग्य बस्तुको महसुल भुक्तानीको लागी सहजता बनाउन Shubhaprava Smart App मोबाईल बैन्किङ सेवा पनि प्रयोगमा ल्याएका छौ जस्को माध्यमबाट बिभिन्न दैनिक उपभोग्य बिभिन्न दैनिक उपभोग्य सेवाको महशुल भुक्तानी गर्नुका साथै QR Scan Payment समेत गर्न सकिने ब्यवस्था गरेका छौ, सदस्यलाई आफ्ना दैनिक कार्य सन्चालनको क्रममा आवश्यक पर्ने नगद साथमा बोक्नुपर्ने झन्झटबाट मुक्त बनाउनको लागि आफ्नै Shubhaprava Debit Card (ATM) प्रयोगमा ल्याईसकेका छौ र आगामी दिनमा आउने नयाँ प्रबिधी पनी सन्चालनमा ल्याउने नै छौ ।

हाम्रा विशेषताहरु

● आधुनिक सूचना प्रविधियुक्त कम्प्युटराइज्ड प्रणाली
● बैंक तथा अन्य वित्तिय संस्था भन्दा बढी ब्याजदर
● शुन्य मौजदातमा खाता खोल्न सकिने
● सरल तथा छिटो कर्जा प्रक्रिया
● आन्तरिक र बाह्य रेमिट्यान्सको सुविधा
● संस्थाबाटै टेलिफोन र बिजुली बत्तीको बिल तिर्न सकिने
● कुनै पनि बैंक तथा वित्तिय संस्थाको चेक बचत गर्न सकिने
● घरदैलो सेवाको व्यवस्था भएको